FAQs Complain Problems

धार्चे डाँडाबाट देखिने बुद्ध हिमालको मनोरम दृश्य

Read More

भूकम्प अगाडिको लाप्राकको बस्ती

Read More

यारुबगरस्थित बुढीगण्डकीको किनारमा बनाइएको क्यान्टिलिभर पुल

Read More

धार्चे पाटन

Read More

गणेश हिमाल

Read More

बुढीगण्डकी किनार, माछीखोला स्थित तातोपानी कुण्ड

Read More

खोर्ला गाउँ, धार्चे-३

Read More

लापु गाउँ, धार्चे ७

Read More

प्रकृतिको वरदान १०८ धारा

Read More

दुध पोखरी

Read More

धार्चे गाउँपालिकाको संक्षिप्त विवरण

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको धार्चे गाउँपालिका आदिवासी जनजातिहरुको थाकथलो हो । प्रकृति पुजन वोन धर्मालम्वीहरुको बाहुल्यता रहेको यो गाउँपालिकाको नामाकरण स्थानीय भाषाको धर्ज र गाङ शब्द मिलेर बनेको छ । धर्ज भन्नाले ध्वजा, गाङ भन्नाले डाँडा हो । धर्ज र गाङ अर्थात ध्वजा गाड्ने डाँडासंग यहाँको प्रकृति पुजन पराम्परा र जन विश्वास जोडिएको छ । आफ्नो कार्य सिद्धिको कामना वा गाउँबाट बाहिर जानुपर्दा प्रस्थान गर्ने बेलामा यात्रा सफलता वा रक्षाको लागि खोलानाला डाँडाहरुमा पुजा गर्दै ध्वजा गाड्ने प्रचलनले आदिबासी जनजातीहरु प्रकृतिको पुजारी हो भन्ने प्रमाणित गराउँछ ।

त्यसैले प्रकृति र सँस्कृतिको खुल्ला संग्रहालय – धार्चे भन्ने पर्यटन नारा तयार गरी “पर्यटकका लागि म, मेरा लागि पर्यटन” सम्भावना र समृद्धिको नयाँ गाउँपालिका धार्चे स्थापना भएको छ । यो गाउँपालिका २८.१३५७ डिग्री उत्तरी अक्षांश र ८४.५२२८ डिग्री पूर्वी देशान्तरमा फैलिएको छ । भने क्षेत्रफल ६५२ कि.मी. रहेको छ । समुन्द्र सतह देखि ६३० – ७३०९ मिटर उचाईमा रहेको छ । ७ वटा वडा रहेको यो गाउँपालिका साविकका १२ नं. इलाकाका केरौँजा उहिया, लाप्राक, गुम्दा, काशिगाउँ र लापु गरि ६ वटा गा.वि.स. मिलेर पुनर्सरचना भएको हो ।यसको पूर्वमा छिमेकी मुलुक चीनको तिब्बत र धादिङ पश्चिममा वारपाक सुलिकोट गा.पा.उत्तरमा चुमनुव्री गा.पा.दक्षिणमा आरुघाट गा.पा. पर्दछन् । यस गा.पा. को तापक्रम अधिकतम २९ डिग्री र न्युनतम ५ डिग्रीको वीचमा रहने गरेको छ । हालको घरधुरी सर्वेक्षण अनुसार घरधुरी ३९३२ र जनसंख्या १८७२४ रहेको छ । तथापी यस गाउँपालिकाको २.१८ प्रतिशतको दरले जनसंख्या बृद्धि भएको देखिन्छ । यस गा.पा.मा वोन, बौद्ध, हिन्दु त्यसपछि क्रिश्चियन धर्मालम्वीहरु बसोबास गर्दछन् । बसोबासको हिसाबले हेर्दा ८३.९% गुरुङ, ११% घले, ४.९% विश्वकर्मा र बाँकी ०.२% अन्य जनजातीका मानिसहरु बसोबास गर्दछन् । पेशागत हिसाबले लगभग ४० %, कृषि, २३ %ज्याला मजदुरी, २२.५ % विद्यार्थी, ७.५ % वैदेशिक रोजगारी र बाँकी अन्य पेशामा सम्लग्न देखिन्छ । भू–उपयोगको स्थिति हेर्दा कृषि जमिन ९.८३%, वनले ढकिएको क्षेत्रफल ३६.६७ %, घाँसे तथा झाडी २० %, बाँझो तथा चट्टानयुक्त जमिन ३०.३८ %, हिउँले ढाकिएको क्षेत्रफल २.५३ % र बाँकी तालतलैया आदि रहेको छ ।

धार्चे गाउँपालिकासंग सम्बन्धित भिडियो सामाग्रीहरु

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
9841201471
gurunglaxman41@gmail.com
उपाध्यक्ष
9849881013
tamusyosynila21@gmail.com

कर्मचारी विवरण

प्रमुख प्रशासकीय अधिकृत
९८५६०४१४५१
sunar.kaji2045@gmail.com
शिक्षा अधिकृत
9851049877
tarapdacharya@gmail.com

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- प्रक्रिया पुगेको ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, योजना शाखा, लेखा शाखा प्रमुखहरु तथा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • भुक्तानीको लागि निवेदन,
  • प्राविधिकको कार्यसम्पन्न प्रतिवेदन,
  • प्राविधिकको नापी किताब,
  • कार्यस्थलको फोटो (काम सूरु हुनुभन्दा अगाडि र काम सम्पन्न भइसकेपछिका फोटोहरु),प्राविधिक र उ.स.का अध्यक्षले प्रमाणित गर्नुपर्ने,
  • उपभोक्ता समितिको कार्यसम्पन्न भएको निर्णय,
  • वडा स्तरीय अनुगमन समितिको कार्यसम्पन्न सिफारिस,
  • खर्च सार्वजनिक गरेको निर्णय,
  • वडा समितिको कार्यसम्पन्न सिफारिस,
  • रु. ३ लाख भन्दा बढीको योजनामा कार्यस्थलमा सूचना पार्टी राखेको फोटो,
  • उपाध्यक्षको कार्यसम्पन्न सिफारिस,
  • खर्चको विल भर्पाईहरु रु २००००। विस हजार भन्दा माथीको VAT विल र कम रकमको PAN  विल अनिवार्य हुनु पर्ने,
  • डोर हाजिर फारम (प्रमाणित), उ.स. समितिको पदाधिकारीले हस्ताक्षर गरी वडा अध्यक्षले प्रमाणित गरेको हुनुपर्ने ,
  • सामान ढुवानी गरेको गाडीको विल बुक र चालक अनुमति पत्र, निर्माण व्यवशायी, फर्म, संस्था र कम्पनीको हकमा रु २०००० ( बीस हजार)  भन्दा माथिको रकमको हकमा कर विजक नै पेश गर्नुपर्नेछ। भर्पाई मान्य नहुने, 
  • जाँचपास तथा फरफारक समितिको निर्णय सिफारिस
  •  
  •  
सेवा प्रकारः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • सम्झौता गरिदिने व्यहोराको वडा कार्यालयको सिफारिस,
  • प्राविधिक लागत स्टमेट/कार्यक्रम प्रस्तावना,
  • उपभोक्ता समिति गठनको माइन्युट,
  • उपभोक्ता समितिका पदाधिकारीहरु बैठक बसी सम्झौता गर्ने उल्लेख भएको बैठकको माइन्युट,
  • उपभोक्ता समितिका पदाधिकारीको नागरिकता प्रमाणपत्रको फोटोकपी,
सेवा प्रकारः- ब्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, गा.पा. राजश्व शाखा प्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय, गा.पा. कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति हेरी चालु आ.व.को आर्थिक ऐनको अनुसूची ४ मा उल्लेख भएबमोजिमको वार्षिक कर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • व्यवसाय दर्ता प्रमाणपत्र,
  • चालु आ.व.को कर चुक्ता प्रमाणपत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- दुई तले वा सो भन्दा माथिको RCC घरको रु. २००, एक तले RCC घरको रु. १५०, जस्ता तथा ढुङ्गाको छाना भएको घरको रु. १००, अन्यको हकमा रु. ५० वार्षिक रुपमा
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • प्रथम पटक तिर्ने बेलामा घरको फोटो सहितको विवरण दाखिला फारम भरेको,
  • थपघट गर्नुपर्नेमा सोही बमोजिमको लालपूर्जा तथा घरको विवरण
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १० रोपनीसम्मको जग्गाको रु.२०० र सो भन्दा माथि प्रति रोपनी रु. ३० का दरले थप
आवश्यक कागजातहरुः-

प्रथम पटक तिर्दा

  • जग्गाको विवरण दाखिला फारम (वडाबाट उपलब्ध हुने )
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जा सक्कल र एक प्रति फोटोकपी

अन्य बेलामा तिर्दा

  • पुरानो मालपोत/भूमिकर तिरेको रसिद
  • ( कुनै कित्ता घट भए जग्गाधनी प्रमाण पुर्जा )
  • ( कुनै कित्ता थप भए सम्पत्तिको विवरण दाखिला फारम (कार्यालयबाट उपलब्ध हुने) नागरिकता प्रमाण पत्रको प्रतिलिपि  र जग्गा धनी प्रमाण पुर्जा र सोको प्रतिलिपि  )
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा गाउँपालिका राजश्व शाखा कर्मचारी
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय, गाउँपालिका राजश्व शाखा
सेवा शुल्कः- सम्झौता रकमको १० प्रतिशत
आवश्यक कागजातहरुः-
  • निवेदन,
  • घर जग्गा वहाल सम्झौता पत्र
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन गर्नुपर्नेमा ४ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. २००
आवश्यक कागजातहरुः-
  • विवरण खुलाइएको निवेदन
  • आवश्यक शैक्षिक प्रमाणपत्रको प्रतिलिपि,
  • जन्मदर्ता वा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि 
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन गर्नुपर्नेमा ४ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु. ३००
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जन्मदर्ता  प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद, गर्भवती महिला निवेदक भएमा नियमित जाँच/खोपको प्रमाण
  • नाबालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने 
  • दुबै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
सेवा प्रकारः-
सेवा समयः- सोही दिन, सर्जमिन गर्नुपर्ने भएमा बढीमा ४ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन दस्तुर रु. १०, सिफारिस शुल्क रु. ३००, प्रतिलिपि सिफारिस रु. ५००
आवश्यक कागजातहरुः-

वंशजको नागरिकता सिफारिस

  • कालोमसीले भरेको अनुसूची फारम तथा निवेदन
  • जन्मदर्ताको प्रमाणपत्र
  • शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबु वा आमाको नागरिकता प्रमाण पत्र
  • पासपोर्ट साइजको फोटो २ प्रति
  • विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्र,माइतीपट्टीका बाबु वा आमा वा परिवारका कुनै सदस्यको नागरिकता(प्रयोजन हेरी विवाह दर्ता,मृत्यु दर्ता प्रमाण)
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नागरिकता सिफारिस (नेपाली पुरुषसंग विवाह भएको  विदेशी महिलाको लागि)

  • निवेदन, अनुसूची – ७ को फारम भरेको
  • नेपाली नागरिकसंग वैबाहिक सम्बन्ध खुल्ने कागजात
  • विदेशी नागरिकता त्याग्ने कारवाही चलाएको निस्सा
  • सर्जमिन मुचुल्का
  • चालु आ.व. सम्मको सम्पत्तिकर, सरसफाई शुल्क, व्यवसाय कर तिरेको रसिद, गर्भवती महिलाको हकमा नियमित स्वास्थ्य परीक्षण/ खोप लगाएको प्रमाण

अंगीकृत नेपाली नागरिकताको सिफारिस  ( विदेशी नागरिकसंग विवाह गरेकी नेपाली महिलाबाट जन्मिएका सन्तानको लागि )

  • निवेदन, अनुसुची ७ को फाराम भरेको
  • आमाको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।
  • नेपालमा जन्म भई स्थायी बसोवास गरेको खुल्ने प्रमाण
  • जन्म दर्ता प्रमाण पत्र वा नेपालको अस्पतालमा जन्मेको प्रमाणपत्र ।
  • सम्वन्धित वडामा बसोवास गरेको प्रमाण ( घरधनीले प्रमाणित गरेको कागज ) ।
  • बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता नलिएको निस्सा ।
  • सर्जमिन मुचुल्का 
  • चालु आ.व. सम्मको सम्पूर्ण करहरु तिरेको रसिद
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ४ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- मोटरबाटो भएको रु. १०००, बाटो नभएको रु. ५००
आवश्यक कागजातहरुः-

१) निवेदन (बाटोको नाम, टोल समेत खुलाउने) पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी

३) जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कली नापी नक्सा

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५) लिने दिने दुवै व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी

६) स्थलगत निरीक्षण प्रतिवेदन

Pages

जानकारी