समाचार
ग्यालरी
आज मिति २०८० असार १८ गतेका दिन यस धार्चे गाउॅंपालिकाको आ.व. २०७९/८० को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गत गोठालाहरुलाई त्रिपाल वितरण अन्तर्गत खरिद गरिएको त्रिपाल ३५२ थान मध्य आज वडा नं. ५ सिङला, लप्सीबोट र माछिखोलाका गोठालाहरुलाई जम्मा १६२ थान र सोलार पनि धार्चे गाउॅंपालिकाका अध्यक्ष श्री लक्ष्मण गुरूङ ज्युको समुपस्थितीमा वितरण सम्मन्न गरियो ।
आज मिति २०८० असार १० गतेका दिन धार्चे गाउँपालिकाको १४ औ गाउँसभाको अधिबेशन धार्चे गाउँपालिकाको अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्युको अध्यक्षतामा सम्पन्न भयो । अध्यक्ष लक्ष्मण गुरुङ ज्युले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरि छलफल पछि सर्वसम्मत रूपमा पारित भएको छ भन्ने उपाअध्यक्ष श्री सुनिला गुरुङज्यु बाट आर्थिक बर्ष २०८०/०८१ को बजेट कार्यक्रम प्रस्तुत गर्नु भएको छ। कार्यक्रम संचालन यसै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत श्री काजीमन सुनारले गर्नु भएको थियो ।यस धार्चे गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०/८१ को लागि पुजीगत तर्फ रु. १७,२७,००,०००/- र चालु खर्च तर्फ रु.
मिति २०८०|०३|०२ गते यस धार्चे गाउँपालिका वडा नं ३ मा धार्चे गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पालिकाको स्वास्थ्य संस्थाहरुमा संचालनमा रहेका बहिरंग सेवा केन्द्र (OTC ) सुदृढीकरण तथा पोषण लेखाजोखा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो ।
मिति २०८० साल जेठ १ र २ गते यस धार्चे गाउँपालिका पञ्जिकरण शांखा लगायत वडामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुको लागि आयोजित ब्यक्तिगत घटना दर्ता एंव सामाजिक सुरक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो |
मिति २०८०/०२/२७ गते यस धार्चे गाउँपालिका अन्तर्गत वडा नं. ३ उहियामा धार्चे गाउँपालिका स्वास्थ्य शांखाद्धारा आयोजित महिलाहरुको पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्वास्थ्य शिविर यसै गाउँपालिकाको उपाध्यक्ष श्री सुनिला गुरुङको प्रमुख अतिथ्यततामा र बरिष्ठ डा. श्री गुणराज लोहनीको उपस्थितिमा सुसम्पन्न गरियो|