FAQs Complain Problems

समाचार

ग्यालरी

आज मिति २०८०/०२/०८ गते धार्चे गाउॅंपालिका-५ माछिखोलामा स्थानिय शिक्षा योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार शिक्षा विभागको आर्थिक र प्राविधिक सहयोगमा धार्चे गाउॅपालिकाको शिक्षा सुधार र ५ वर्षे योजना तथा १० वर्षे दिर्घकालिन सोचका साथ खगराज अधिकारी ज्युले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा धार्चे गाउॅंपालिकाका प्रमुख प्रसाशकीय अधिकृत श्री काजीमान सुनार ज्यु को अध्यक्षता, धार्चे गाउॅंपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्यु को प्रमुख अथित्यता, उपाधयक्ष श्री सुनिला गुरूङ ज्यु, विध्यलयका प्रधानाध्यापक ज्युहरु र साथमा वडा अध्यक्षहरू उपस्थित भएको थियो । त्

मिति: 05/23/2023 - 18:43
, ,

धार्चे गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा धार्चे गा. पा . वडा नं. ३ उहिया स्वास्थ्य चौकीमा पाेषण कर्नर स्थापना कार्यक्रम सम्पन्न गरियो ।

मिति: 05/18/2023 - 17:07
, , , , , , ,

आ.व. २०७९/०८० मा धार्चे गाउँपालिकाको प्रधानमन्त्री रोजगार सेवा केन्द्र र वडा नं ०३ मा सम्पन्न योजनाहरुको अनुगमन समितिद्वारा अनुगमन गरियो ।

मिति: 05/18/2023 - 17:04
, , , , , , , ,

आर्थिक वर्ष २०७९/८० मा यस धार्चे गाउँपालिकाको उपाध्यक्ष तथा अनुगमन समितिको संयोजक श्री सुनिला गुरुङको नेतृत्वमा यसै गाउँपालिकाको प्राविधिक र प्रशासन शाखाको कर्माचारीहरुको साथमा यस धार्चे गाउँपालिकाको केरौजा, उहिया , गुम्दा र काशिगाउँको योजनाहरु अनुगमन गरियो ।

मिति: 05/18/2023 - 17:00
, , , , , , , , , , , , , , , , , , ,

धार्चे गाउँपालिकाकाे आयाेजना तथा व्यवस्थापन साथै गाेरखा लायन्स आँखा सेवा केन्द्र गाेरखा र हिमालयन आँखा अस्पताल पाेखराकाे प्रविधिक सहयोगमा धार्चे गाउँपालिका वडा ५ माछीखाेला स्वास्थ्य चौकीकाे मिति २०८० बैशाख २२ र २३ गते सम्पन्न निः शुल्क माेतिविन्दु सल्यक्रिया शिविरमा २६ जना महिला र ३४ जना पुरुष गरि जम्मा ६० जनालाई सल्यक्रिया गरि पुन दृष्टि फर्काउन सफल सल्यक्रिया भएकाे छ । जसमध्ये ३ जनामा गत केही बर्ष देखिनै दुबै आँखामा माेतिविन्दुका कारणले दृष्टि विहिन भै घर आँगनमा मात्र बसिरहेका आँखाका ३ जनाबिरामीलाई दुबै आँखाकाे सफल सल्यक्रिया पश्चात् दृष फर्किएको छ । उमेर ५४ बर्षकाे मङल गुरुङ धार्चे ७ लाप

मिति: 05/18/2023 - 16:56
, , , , , , , , , ,

धार्चे गाउँपालिकास्तरीय अध्यक्ष भलिबल कप मंगलबार सम्पन्न भएको छ । धार्चे खेलकुद समिति र धार्चे गाउँपालिकाको आयोजनामा माछीखोलामा १० गते देखि सुरु भएको प्रतियोगिता १२ गते सम्पन्न भएको हो ।

पालिकाको वडास्तरीय भएको पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नं २ ले जितेको छ । सो प्रतियोगितामा दोस्रो वडा नं १ र तेस्रो वडा नं ३ भएका छन् । पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद २० हजार, १५ हजार र १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको पालिका अध्यक्षका स्वकीय सचिव राज गुरुङले बताए । सो प्रतियोगितामा सात वटै वडाबाट सात टिमको सहभागिता रहेको थियो ।

मिति: 05/18/2023 - 16:52
, , , , , , , , , , , , , , , , , , ,

यहि मिति २०७९ चैत १ देखि ८ गते सम्म यस धार्चे गाउँपालिकाको आयोजक तथा आर्थिक सहयोगमा यसै गाउँपालिकाको अध्यक्ष श्री लक्ष्मण गुरुङको प्रमुख अतिथि तथा यसै गाउँपालिकाकी उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक श्री सुनिला गुरुङको अध्यक्षता र विशेष अतिथि यसै गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत श्री काजीमान सुनारको उपस्तिथिमा मेलमिलाप सम्बन्धि आठ दिवसिय(४८ घण्टे) आधारभुत तालिम यस गाउँपालिकाको सभाहलमा सम्पन्न गरियो।

मिति: 05/18/2023 - 16:50
, , , , , , , , , , , , , , , , ,

धार्चे गाउँपालिकाको आयोजनामा यहि मिति २०७९/१२/३० पालिकास्तरिय बाल सन्जाल गठन गरीयो ।

उक्त गठनमा प्र्मुख अतिथि यसै गाउँपालिकाकि उपाध्यक्ष सुनिला गुरुङ र कार्यक्रमको अध्यक्ष यसै गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत काजिमान सुनार रहेको थियो। गाउॅं पालिकामा रहेका मा.वि. सन्चालन विध्यालयका २/२ जना उपस्थित भएको थियो ।

मिति: 05/18/2023 - 16:45
, , , , , , , , , , , , , , , , ,

यहि मिति २०८०/०१/१६ गतेका दिन  "सुन्दर, सुरक्षित, समृद्ध धार्चे" काठमाडौंमा बसोबास गर्ने धार्चेबासी र सरोकारवालासंग धार्चेकाे बिकासको संभावना र सवाल सम्बन्धि अन्तरसम्वाद कार्यक्रम -२०८० एकदिने गोष्ठी काठमाडौंको लाजिम्पाट स्थित सम्पदा गार्डेन होटेलमा प्रमुख अतिथि मानवीय गण्डकी प्रदेश सभामुख मा. कृष्ण धिताल , कार्यक्रमको अध्यक्षता यसै गाउँपालिका प्रमुख लक्ष्मण गुरुङ , विशेष अतिथि संघीय साम्सद मा.

मिति: 05/18/2023 - 16:36
, , , , , , , , , , , , , , , ,

 २०७९ साल फाल्गुन महिनाको विभिन्न मितिमा सम्पन्न गरेका स्थानीय स्रोत साधनको सदुपयोग गरौं , सीप सिकौं ,आम्दानीमा वृद्धि गरौं भन्ने मुल नाराका साथ धार्चे गाउँपालिका मेडपा शाखा द्वारा संचालित विभिन्न स्थानको उद्यमशिलता बिकास तालिम भव्यताका साथ सम्पन्न गरियो ।

मिति: 05/18/2023 - 16:22
, , , ,

Pages