समाचार
गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं ७ खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिम केहि फोटोहरु
गोरखा जिल्ला धार्चे गाउँपालिका वडा नं ७ खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेको छ । निरन्तर पानी परेका कारण गाउँका सबै घरको जमिनमा चिरा परेसँगै खानीगाउँका ३२ घरधुरी पहिरोको उच्च जोखिममा परेको हो । यहि जोखिमबाट प्रभावित स्थानीयहरुको अवस्था बुझ्न गाउँपालिका उपाध्यक्ष श्री सुनिला गुरुङको नेतृत्वमा पुलिस प्रशासन, जनप्रतिनिधिहरु र पालिका कर्मचारिहरु त्यस जोखिम स्थानमा पुगि स्थलगत अध्ययन गरि त्रिपाल वितरण गरेका छन् । घरको जमिनका सबै चिरा परेकाले स्थानीयहरु दिउसो घरमै बस्ने र बेलुका खाना खाएपछि आफन्तको घर तथा सुरक्षित स्थानमा गएर सुत्न जानुपर्ने बाध्यता रहेको छ । ‘२०७२ सालको भूकम्पपछि खानी गाउँमा जमिन चिरा पर्न सुरु भएको हो तर यहि साउन २८ गतेको निरन्तरको बर्षातपछि भने खानीगाउँमा रहेका ३२ वटै घरमा चिरा परेको छ ,घरको जग पुरै तल सदै जादा प्रत्येक घरमा एक वित्ता लामो चिरा परेको छ । अहिलेसम्म एउटा पनि घर नढलेको तर घरभित्र बस्न भने अन्यन्तै जोखिममा परेको छ ।
स्थानीयहरु बेलुका भएपछि घरमा खाना खाएर कम्पल बोकी छिमेकी तथा आफन्तको र विद्यालय नजिककैका सुरक्षित स्थानमा बास लिइरहेको छन् ।