धार्चे गाउँपालिका सँगको साझेदारीमा सामुहिक जनसेवा केन्द्रले संचालन गरेको ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा निवेदन संकलन शिविर २०७८ बैशाख २१ गते वडा नं १ हुल्चुक गाउँबाट शुरु गरी ७ वटै वडामा नेपाल टेलकमको फोरजी सेवा प्रयोग गरी अनलाइन घटना दर्ता शिविर सम्पन्न गरेको छ । यस शिविर पश्चात धार्चे गाउँपालिकाको सबै वडामा ब्यक्तिगत घटना दर्ता कर्य अनलाइन सिस्टममा शुरु भएको छ । अनलाइन सिस्टममा गइसकेपछी हस्त लिखित घटना दर्ता प्रमाण पत्र जारी गर्न पाइने छैन ।