समाचार
२०८०/०२/०८ गते धार्चे गाउॅंपालिका-५ माछिखोलामा स्थानिय शिक्षा योजना निर्माण कार्यशाला कार्यक्रमका केहि तस्विरहरु
आज मिति २०८०/०२/०८ गते धार्चे गाउॅंपालिका-५ माछिखोलामा स्थानिय शिक्षा योजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकार शिक्षा विभागको आर्थिक र प्राविधिक सहयोगमा धार्चे गाउॅपालिकाको शिक्षा सुधार र ५ वर्षे योजना तथा १० वर्षे दिर्घकालिन सोचका साथ खगराज अधिकारी ज्युले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा धार्चे गाउॅंपालिकाका प्रमुख प्रसाशकीय अधिकृत श्री काजीमान सुनार ज्यु को अध्यक्षता, धार्चे गाउॅंपालिका अध्यक्ष श्री लक्ष्मण गुरुङ ज्यु को प्रमुख अथित्यता, उपाधयक्ष श्री सुनिला गुरूङ ज्यु, विध्यलयका प्रधानाध्यापक ज्युहरु र साथमा वडा अध्यक्षहरू उपस्थित भएको थियो । त्यसै गरी ५ वटा क्षेत्रगत उप समिति गठन गरी कार्यप्रारम्भ गर्ने गरी कार्यक्रम सम्पन्न भएको थियो ।