समाचार
धार्चे गाउॅं पालिका वडा नं ५ माछिखोला बजार स्थित जन जागृती मा.वि को छात्रवास ११ कोठे भवन उदघाटन समारोहका केहि तस्विरहरु
धार्चे ५ माछिखोला, गोरखा, यस धार्चे गाउॅं पालिका वडा नं ५ माछिखोला बजार स्थित जन जागृती मा.वि को छात्रवास ११ कोठे भवन उदघाटन समारोह सम्पन्न भएको छ ।
उक्त समारोहमा जन जागृती मा वि का वि व्य स अध्यक्ष विस बहादुर गुरुङको सभापति, धार्चे गाउॅं पालिका अध्यक्ष लक्ष्मण गुरुङको प्रमुख अतिथि, छात्रवास प्रदान गर्नुहुने काठमाण्डौ कपन गुम्पाका लामा गुरुहरु , धार्चे गाउॅं पालिका उपाध्यक्ष सुनिला गुरुङ, त्यस विध्यालयका शिक्षक शिक्षिकाहरु, माछिखोला प्रहरी सुरक्षाकर्मीहरु, माछिखोला महिला समुह र विध्यार्थी भाईवहिनिहरुका साथमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा संघ सस्था र पालिकाको साझेदारीमा धार्चेको केन्द्र माछिखोलामा र धार्चे कै नमुना विध्यालय माछिखोला मा बन्ने प्रतिवद्ता अध्यक्षले दिनु भएको छ ।
छात्रवास प्रदान गर्नुहुने काठामाण्डौ कपन गुम्पा र लामा गुरु हरुलाई पालिकाको तर्फ बाट धव्यवाद दिन चाहन्छु ।